images
images
  • भारतीय सेनाले ड्रोन युद्ध अभ्यास गर्दै

    काठमाडौं– भारतको सैन्य दलले आगामी महिना ड्रोन र एन्टी–ड्रोन प्रणालीको परीक्षण गर्ने भएको छ ।

    एक वरिष्ठ अधिकारीले मंगलबार दिएको जानकारीअनुसार, पाकिस्तानसँगको द्वन्द्वमा मानवरहित हवाई प्रणालीको व्यापक प्रयोगपछि आफ्नो वायु रक्षा प्रणालीलाई अझ बलियो बनाउन ठूलो अभ्यास गर्न लागिएको हो ।

    चार दिनसम्म चलेको संघर्षपछि दुवै छिमेकी देशले ड्रोन विकासलाई तीव्रता दिएका छन्, जसलाई विश्लेषकहरूले ड्रोन हतियारको दौड भनेका छन् ।

    भारतले सन् २०३५ सम्ममा ‘सुदर्शन चक्र’ नामक स्वदेशी वायु रक्षा प्रणाली निर्माण गर्ने योजना पनि घोषणा गरेको छ ।

    अधिकारीहरूले यस पहललाई इजरायलको ‘आइरन डोम’ सँग तुलना गरेका छन् ।

    इन्टिग्रेटेड डिफेन्स स्टाफका उपप्रमुख एयर मार्सल राकेश सिन्हाका अनुसार, भारतीय सेनाले आगामी अक्टोबरको पहिलो हप्तामा रक्षा उद्योगका अधिकारी र अनुसन्धानकर्ताहरूको उपस्थितिमा हालसम्मकै सबैभन्दा ठूलो ड्रोन युद्ध अभ्यास ‘कोल्ड स्टार्ट’ आयोजना गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images