काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४८ वर्षीय रोनक मदनी रहेका छन् ।
उनी मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएपछि मंगलबार दिउँसो विमानस्थलको आगमन भन्सार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भिडियो एक्सरेमार्फत जाँच गर्दा उनले मलद्वारमार्गबाट लुकाएर ल्याएका तीन वटा डल्लामा ८३५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।
हाल उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















