काठमाडौं– नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ ।
उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले अघि सारेका प्रस्तावलाई अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्दै सबै संगठन भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने कुरा उठाएका छन् ।
स्थायी समितिबाट अनुमोदन भएपछि प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिनेछ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्नेछ । आजको स्थायी समिति बैठक त्यसैको तयारीस्वरूप आह्वान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्






















