images
images
  • सत्ता र शक्तिको आडमा टेलिकम डुबाउन विष्णु रिमालले चलाएको विचौलियाको राज

    काठमाडौं– तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई त्यसै डुबानमा परेका होइनन्, यसको मुख्य पात्र विष्णु रिमाल नै हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेर व्यापारी, व्यवसायी, दलाल, विचौलियालाई त्यहीँ बोलाएर भेटेर डिल मिलेपछि काम गर्ने गरेका थिए ।

    केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि विष्णु रिमालकै जोडबलमा केहीलाई आफूअनुकूलका मन्त्री बनाएका थिए ।

    पछिल्ला एक दर्शकदेखि नै नेपाल टेलिकमका हेरक ठेक्कामा विष्णु रिमालकै अनुकूलका ठेकेदारलाई ठेक्का मिलाउने गरेका थिए । अहिले निवर्तमान सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मिलेर टेलिकममा रिमालले त्यहीँ गरे । अध्यक्ष केपी ओलीको निष्ठा, एमालेको योगदान, जनताको भविष्य यी दुवैलाई मतलब गरेनन् । एमालेका नेता, कार्यकर्तालाई हेर्दै नहेर्ने, थर्काउने र आफूविना देशमा केही हुँदैन भन्ने घमण्ड उनीमा हुन्थ्यो ।

    विष्णु रिमालको योजनामा तत्कालिन सञ्चारमन्त्री पृथ्वीसुुब्बा गुरुङ, सचिव राधिका अर्याल, नेपाल टेलिकमको एमडि को मिलेमत्तोमा टेलिकममा डुवाउने खेलमा अहिले सञ्चारमन्त्री खरेलका कान्छाभाइ दिनेशको इन्ट्री !

    कति काममा विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई गुमराहमा राखे, अरू पनि रहस्य बनाएर सेटिङमा काम गरेका थिए ।

    खासगरी टेलिकममा चाइनिज कम्पनी हुवावेसँग मिलेर सिंगो टेलिकम बुझाए, अरबौंको खेल भयो, यही कुरा गोकुल बाँस्कोटाले रोक्न खोजेका थिए, उनैलाई डुवाएका थिए । ।

    सञ्चारमन्त्री गुरुङ, सञ्चार सचिव राधिका अर्याललाई मज्जाले परिचालन गरे । विगतमा फोरजी सेवा हुवावेको हालीमुहाली गरेको र नेटवर्किङको काम गरेको हुवावेलाई नै बिलिङ्ग सिष्टमको ठेक्का दिने काम भयो ।

    यहीँ कामका लागि विष्णु रिमालको योजनामा पृथ्वीसुब्बा गुरुङले टेलिकमको प्रवन्ध निर्देशक संगीता पहाडीलाई ल्याइएको थियो । त्यो काममा लागी विष्णु रिमालले मोटो रकम लिएका थिए । पहिलेको त्यो ठेक्कामा मुद्दा परेको थियो, संगीता पहाडीलाई भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् ।

    अन्तर्राष्ट्रिय मान्यता विपरीत हुने गरी कालोसूचीमा समेत परेको कम्पनीको साथमा हुवावेलाई ४ अर्बको बिलिङ्ग सिस्टमको काम अघि बढेको छ । तर, बिडम्बना टेलिकमका एमडी र सचिव त उहीँ छन् । सञ्चारमन्त्रीमा नयाँ अनुहार आएका छन्, टेलिभिजनका खरो कार्यक्रम प्रस्तोता पत्रकार, अरूलाई टेलिभिजन स्टुडियोमा ल्याएर ¥याख¥याखती पार्ने पात्र हुन् जगदीश खरेल ।

    फेरि सञ्चारमा सचिव राधिका अर्याल नै कार्यरत रहेका अवस्था गरेका छ । उनी नेपालको टेलिकम प्रणालीलाई चाइनिज कम्पनीलाई बुझाउन तल्लिन रहेको भन्ने आरोप छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images