images
images
  • देशभर ५००० जनामा डेङ्गी सङ्क्रमण

    काठमाडौं– देशभर डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले चार हजार आठ सय १४ जनामा सङ्क्रमण देखिएको बताए ।

    उनका अनुसार डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा सङ्क्रमण देखिएको छ ।

    सङ्क्रमणबाट हालसम्म दुई जनाको निधन भइसकेको छ ।

    डा दाहालले पानी पर्न रोकिए र अब बिस्तारै जाडो सुरु हुन थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम कम हुने बताए ।

    तथ्याङ्कअनुसार कोशी प्रदेशमा सात सय १४, मधेश प्रदेशमा ९५, बागमती प्रदेशमा एक हजार ६४, गण्डकी प्रदेशमा एक हजार २७३ जना, लुम्बिनी प्रदेशमा आठ सय ४३, कर्णाली प्रदेशमा दुई सय ७० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images