images
images
  • प्रहरीको पोसाक खरिद प्रकरण: छानबिन गर्न गृहमन्त्री ओमप्रकाश अर्याल अझै उदासीन

    काठमाडौं-भ्रष्टाचार अन्त्यको चाहनासहित भएको जेनजी आन्दोलनको भावनाअनुसार गृहमन्त्री बनेका ओमप्रकाश अर्याल प्रहरीको पोसाक खरिद प्रकरणमा भएको अनियमितता छानबिनमा उदासीन देखिएका छन् ।

    निश्चित व्यापारीले मात्र टेन्डर पाउनेगरी नेपाल प्रहरीले गत ३० भदौ र १ असोजमा खोलेको आर्थिक प्रस्तावमा २५ थरी पोसाक खरिदमा मात्र ४८ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ ।

    पोसाक खरिदसम्बन्धी टेन्डरमा भएको अनियमितता’दयगत गृहमन्त्री अर्याललाई भ्रष्टाचारविरोधी अभियन्ता र व्यवसायीहरूले ४० पृष्ठभन्दा बढीको प्रतिवेदनसहितको उजुरी गरिसकेका छन् । गत २ असोजमै गृहमन्त्रीलाई उजुरी गरिए पनि मंगलबारसम्म उनले प्रहरीको पोसाक खरिदमा भएको अनियमितताका विषयमा चासो दिएर छानबिन थालेका छैनन् ।

    गृहमन्त्री अर्यालले खरिदमा भएको अनियमितताका विषयमा छानबिन गरेर दोषी देखिए कारबाही गर्ने बताएका थिए । तर, भ्रष्टाचार नियन्त्रणको मूल उद्देश्यसहित गठित सरकारका गृहमन्त्रीले टेन्डरको अनियमिततामा छानबिनका लागि कुनै संयन्त्र बनाउने काम गरेका छैनन् ।

    तत्कालीन गृहमन्त्री रमेश लेखककै पालामा टेन्डर प्रक्रिया सुरु भएर अर्यालले पदभार ग्रहण गरेपछि टेन्डर खुलेको हो । यस प्रकरणमा तत्कालीन गृहमन्त्री लेखकको भूमिका पनि शंकास्पद देखिएको भन्दै छानबिन हुनुपर्ने माग राखी प्रहरीभित्रै आवाज उठ्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images