काठमाडौं– सिरहामा १५ वर्षीय अभिषेक सिंह अपहरणपछि हत्या भएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
अभिषेकको शव घर नजिकै आँप बगैंचामा फेला परेको र खोजीबखत सोमबार बिहान उनको मोबाइलबाट आमालाई हिन्दीमा पाँच करोडभन्दा बढी फिरौती माग्ने भनी संदेश आएको परिवारले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको नाम गोप्य राखेको छ र घटनाको थप जाँच जारी रहेको सूचना अधिकारी धर्मेशकुमार यादवले जानकारी दिए ।
अपहरणकारीले पठाएको सन्देशमा बिहारबाट आएको दाबी गर्दै २५ तारिखभित्र रकम नपठाए हत्या गरी फाल्ने धम्की दिएको उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस्






















