images
images
  • रास्वपाको केन्द्रीय समिति बैठक जारी, यी हुन् छलफलका एजेन्डा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ ।

    पार्टी केन्द्रीय कार्यालय च:मतिमा जारी बैठकमा सात वटा एजेन्डामाथि छलफल जारी छ ।

    बैठकमा समसामयिक राजनीतिक विषय, महाधिवेशन र आगामी चुनावलगायत विषयमा छलफल हुने बताइएको छ ।

    २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि पहिलोपटक बसेको हो ।

    बैठकमा जेन–जी आन्दोलनबारे सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको नेताहरूले बताएका छन् ।

    यो बैठकबाट आगामी २१ फागुनमा चुनावबारे रणनीति तय हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images