images
images
  • मुग्लिन-काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध

    काठमाडौं– मुग्लिन–नारायणघाट सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै राति खसेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका -१० जवाङ खोलामा गएराति ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको हाे ।

    पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ ।

    सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।

    काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्गमा रोकावट हुँदा यात्रुहरू असुविधामा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images