images
images
  • कैलालीमा जेन्जी अभियन्तामाथि कुटपिट, वडाध्यक्षविरुद्ध कारबाहीको माग

    कैलाली– जेन्जी आन्दोलनसँग जोडिएका युवा अभियन्तामाथि आक्रमण भएको घटना बाहिरिएको छ ।

    घोडाघोडी नगरपालिका–८ का वडाध्यक्ष वीरबहादुर साउदले जेन्जी अभियन्ता सुनिल खड्कामाथि निर्घात कुटपिट गरेको भन्दै विरोध प्रकट गरिएको छ ।

    घटनाप्रति गहिरो खेद व्यक्त गर्दै जेन्जी पक्षले संलग्न वडाध्यक्षमाथि कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ ।

    उनीहरूले आक्रमण योजनाबद्ध ढंगले भएको आरोप लगाउँदै राज्य नै अपराधीको पक्षमा उभिने प्रवृत्ति देखिए अर्को विद्रोह गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

    जेन्जी युवाहरूले जारी आन्दोलन अझै अन्त्य नभएको प्रष्ट पार्दै केही भ्रष्ट नेता मात्र सरकारबाट बाहिरिएका तर वास्तविक सत्ता र संरचना नबदलिएको उल्लेख गरेका छन् ।

    उनीहरूका अनुसार लुटेरा व्यवस्थाले नै भ्रष्टाचार जन्माउने भएकाले त्यसैलाई अन्त्य नगरेसम्म आन्दोलन जारी रहनेछ ।

    ‘स्वाधीनता सहितको भ्रष्टाचारमुक्त व्यवस्था, शिक्षा र स्वास्थ्य निशुल्क हुने वैज्ञानिक राजनीतिक प्रणाली निर्माण गर्नु हाम्रो ऐतिहासिक कार्यभार हो,’ विज्ञप्तिमा भनिएको छ ।

    स्रोतका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ भने स्थानीय स्तरमा तनाव बढ्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images