काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेमा गएराति भएको झगडाले प्रहरीसम्म पुग्यो। नगरपालिकाको कार्यालय नजिकै विवाद चर्किएपछि स्थानीयले प्रहरी कन्ट्रोललाई खबर गरेका थिए ।
खबर पाएलगत्तै प्रहरी प्रभाग कटुन्जेका नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राजबहादुर ऐर घटनास्थल पुगे। तर, झगडा मेटाउन पुगेका प्रहरीमाथि नै एक समूहले आक्रमण गरेको थियो ।
आक्रमणका क्रममा दुवै प्रहरी सामान्य घाइते भए। प्रहरीले तत्कालै दोलखा मेलुङ घर भई सूर्यविनायक बस्ने ३२ वर्षीय अर्जुन तामाङलाई नियन्त्रणमा लिएको छ ।
त्यसपछि थप फौज परिचालन गरेर अरू दुई जना समेत पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरी अधिकृतका अनुसार घटनामा संलग्नहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ ।
उपचारपछि घाइते प्रहरीलाई सूर्यविनायक नगर अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
हालैको जेन–जी आन्दोलनपछि अपराधमा संलग्न समूहहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमणका घटना बढ्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्