images
images
  • गाउँपालिकाका लेखा प्रमुख १ लाख घुसरकमसहित पक्राउ

    काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग लिएको घुसरकमसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ ।

    गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर १ लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

    गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग लिएको उक्त रकमसहित पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images