images
images
  • कर्मचारीले ल्याएको निर्णयमा सञ्चारमन्त्री खरेलले गरेनन् हस्ताक्षर

    काठमाडौं– नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् ।

    उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

    अर्को प्रस्ताव ल्याउन खरेलले पाँच मिनेटको समय दिएका छन् ।

    खरेलको निर्देशनपछि कर्मचारीहरू धमाधम अर्को प्रस्ताव बनाइरहेका छन् ।

    सचिवले छापाखानासम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशनपछि अहिले सचिवलगायतको मन्त्रालयको अधिकारीको टीम छलफल गरिरहेका छ्न् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images