काठमाडौं– रुस र युक्रेनबीचको युद्ध रोकिनुको सट्टा झन् भयानक हुँदै गएको छ ।
युक्रेनको अतिक्रमित भूमि क्राइमियामा युक्रेनले गरेकोे ड्रोन आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ ।
हमलामा धेरै मानिस घाइते भएका छन् ।
रुसको रक्षा मन्त्रालयले युक्रेनले क्राइमियामा सर्वसाधारणलाई निसाना बनाइरहेको जनाएको छ ।
यता, रुसी हमलामा ६ युक्रेनी नागरिकको ज्यान गएको छ ।
१६ जना घाइते भएका युक्रेनले जनाएको छ ।
रुसका रक्षामन्त्रीले युक्रेनले क्राइमियाको फोरोसस्थित एक रिसोर्टलाई निसाना बनाएको बताएका छन् ।
यसबाहेक एक विद्यालयको भवनमा पनि हमला गरिएको छ ।
उनले यो हमलामा तीनजनाको मृत्यु भएको बताए ।
याल्टा सहरमा पनि ड्रोन आक्रमणका कारण एक भवनमा आगलागी भएको छ ।
रुसी रक्षा मन्त्रालयले यसलाई आतंकवादी हमला भनेको छ ।
युक्रेनले आइतबार राति १० बजेपछि रुसले कम्तीमा १४१ ड्रोन हवाई हमला गरेको जनाएको छ ।
तीमध्ये १३२ ड्रोन खसालिएको युक्रेनले जनाएको छ ।
किभले जापोरिज्जियामा रातभर आक्रमण गरिएको र कम्तीमा तीनको मृत्यु र २१ जनाना घाइते भएका जनाएको छ ।
एक सैन्य अधिकारीले रुसले सहरमा कम्तीमा पाँच बम खसालेको बताए ।
रुस र युक्रेनबीच क्राइमियाका विषयमा लामो समयदेखि विवाद छ ।
रुसले सन् २०१४ मा नै क्राइमिया कब्जा गरेको थियो ।
अन्तर्राष्ट्रियस्तरमा यसलाई अझै पनि युक्रेनकै हिस्सा मानि


विश्व खबर 




















