images
images
  • आणविक हतियार त्याग्नुपर्ने अडान छाडेमा अमेरिकासँग उत्तर कोरिया वार्ता गर्न तयार छ : किम

    प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले आफ्नो आणविक हतियार त्याग्नुपर्ने अडान छाडेमा वार्ताका लागि तयार रहेको बताएका छन् ।

    प्योङयाङमा भएको सर्वोच्च जनसभामा सम्बोधन गर्दै किमले भने, ‘यदि अमेरिकाले हामीलाई निःशस्त्रीकरण गराउने आफ्नो निरर्थक जिद्दी छोडेर वास्तविकतालाई स्वीकार गर्छ र वास्तविक शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने हामी अमेरिकासँग वार्तामा बस्न नसक्ने कुनै कारण छैन ।’

    यो जानकारी उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले दिएको हो ।

    उनले भने, ‘व्यक्तिगत रूपमा, मलाई अझै पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सुखद सम्झना छ ।’

    किमको यो भनाइ ट्रम्प र दक्षिण कोरियाका नेता ली जे म्युङले गत महिना ह्वाइट हाउसमा भएको भेटमा उत्तर कोरियाली समकक्षीसँग भेट्न इच्छुक रहेको बताएपछि आएको हो । ट्रम्पले त्यस बेला भनेका थिए, ‘कुनै दिन म उनलाई भेट्नेछु । म उनलाई भेट्न आतुर छु ।’

    उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबिचको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ ।

    किम जोङ उनकी बहिनी किम यो जोङले यसलाई ‘लापरवाह’ आक्रमणको पूर्वाभ्यासको संज्ञा दिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images