images
images
  • माओवादी पदाधिकारी बैठक बस्दै, जनार्दन शर्माको माग सम्बोधन होला ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।

    बैठक आइतबार (असोज ५) दिउँसो १ः०० बजे पार्टी केन्द्रीय पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार समसामयिक राजनीतिक एवं पार्टीको पछिल्लो गतिविधि र जेन्जी आन्दोलनबारे बैठकमा छलफल हुनेछ ।

    बैठकमा जेन्जी आन्दोलन पश्चात् नेतृत्व परिवर्तनका लागि पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले आवाज उठाउँदै आएका छन् ।

    यद्यपि यसबारे आजै छलफल हुनेसक्ने सम्भावना न्यून रहेको पार्टीका एक पदाधिकारी बताउँछन् ।

    माओवादी पदाधिकारी २५ जना छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images