काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ ।
जेन्जी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो ।
उक्त आक्रमणमा परि घाइते भएका देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
उनका अनुसार देउवासँगै आक्रमणमा परेकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको मुख र गर्धनमा चोट लागेको छ ।
उनीहरू दुवै जनाको अहिले सघन उपचार भइरहेको विश्वकर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्






















