images
images
  • अमेरिकी नागरिकता लिन परीक्षा उत्तीर्ण गर्नुपर्ने, पटक–पटक अनुत्तीर्ण भए स्वतः रद्द

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नागरिकता प्रक्रिया कडा बनाउँदै सन् २०२० को पुरानो नागरिकशास्त्र परीक्षा पुनः लागू गर्ने निर्णय गरेको छ ।

    अमेरिकी नागरिकता र अध्यागमन सेवाले जारी गरेको नयाँ नियम अनुसार २०२५ देखि नागरिकता परीक्षा अनिवार्य हुनेछ ।

    परीक्षा अमेरिकी इतिहास र सरकार सम्बन्धी ज्ञान मूल्यांकनका लागि डिजाइन गरिएको छ ।

    नयाँ व्यवस्थाअन्तर्गत आवेदकहरूले १२८ प्रश्नको तयारी गर्नुपर्नेछ र परीक्षा दिने क्रममा २० मध्ये १२ प्रश्नको सही उत्तर दिनु पर्नेछ ।

    परीक्षा मौखिक रूपमा हुनेछ र बहुवैकल्पिक हुनेछैन ।

    असफल भएमा पुनः मौका दिइनेछ ।

    तर, दोस्रो पटक पनि फेल भए नागरिकता आवेदन रद्द हुनेछ ।

    ६५ वर्ष वा सोभन्दा माथि उमेरका तथा २० वर्षदेखि स्थायी बसोबास गर्नेहरूले २० प्रश्नको परीक्षा मनपर्ने भाषामा दिन सक्नेछन् ।

    नयाँ प्रश्नहरूमा १०औँ संविधान संशोधन, संघीय दस्तावेज, पूर्वराष्ट्रपति ड्वाइट आइजनहावर, संस्थापक पिता ह्यामिल्टन र मेडिसन, अमेरिकी नवप्रवर्तनका उदाहरणहरू समावेश छन् ।

    ट्रम्प प्रशासनले यस कदममार्फत कानुनी अध्यागमनलाई कडा बनाउन खोजेको छ ।

    जबकि पूर्व राष्ट्रपति बाइडेन सरकारले यसलाई अतिरिक्त अवरोध भएको भन्दै खारेज गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images