images
images
  • जनअपेक्षा अनुरूप काम गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको विरोध आन्दोलनलाई युवा पुस्ताको आकांक्षा, जनचेतनाको उचाइ र मुलुकमा फैलिएको भ्रष्टाचारप्रति देखिएको असन्तोषको प्रतिबिम्बका रूपमा व्याख्या गरेकी छन् ।

    उनका अनुसार संविधानको मर्म र भावनाअनुरूप सुशासन, समृद्धि र विकासमा देखिएका कमजोरी तथा ती कारणले उत्पन्न असन्तोष, अभाव र अपूर्ण अपेक्षाले नै युवा आन्दोलनको जन्म दिएको हो ।

    संविधान दिवसको मुख्य समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस आन्दोलनलाई म हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्छु । किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो ।’

    युवा आन्दोलनका एजेन्डालाई आत्मसात गर्दै जनअपेक्षाअनुरूप काम गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images