images
images
  • विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ : गृहमन्त्री

    काठमाडौं– गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई पनि आगामी निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्न आफू गम्भीर प्रयासरत रहने बताएका छन् ।

    बिहीबार निर्वाचन आयोगमा भएको छलफल कार्यक्रममा उनले सर्वोच्च अदालतले यसअघि दिएको आदेशलाई अब कार्यान्वयन गर्ने बेला आएको उल्लेख गरे ।

    समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि मतदान गर्न पाउने माग बढ्दै गएको भन्दै उनले यसलाई व्यवहारिक बनाउन सरकार लाग्ने प्रतिबद्धता जनाए ।

    उनले भने, ‘विदेशमा रहेका नेपालीले समानुपातिक प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्छ भन्ने स्पष्ट आदेश सर्वोच्चले पहिले नै दिएको छ । यसलाई अब सम्भव बनाउनैपर्छ । मेरो प्रयास सकेसम्म सबैलाई समेट्ने हुनेछ । जहाँ–जहाँ प्राविधिक चुनौती छैन, त्यहाँ तत्कालै सम्भावना खोज्छु ।’

    मन्त्री अर्यालले मतदान सम्भव नभएका देशहरूमा समेत प्रविधि र राजदूतावासमार्फत वैकल्पिक व्यवस्था खोज्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस्

    images