images
images
  • पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता, एकमाथि हुने हमला दुवैमाथिको आक्रमण मानिने

    काठमाडौं– साउदी अरबका युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    यो सम्झौताअनुसार, एक देशमाथि भएको हमलालाई अर्को देशमाथि पनि भएको हमला मानिने रोयटर्सले जनाएको छ ।

    दुई देशले संयुक्त वक्तव्य जारी गर्दै यो सम्झौताले दुवै देशको सुरक्षा बढाउने र विश्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता देखाउँछ ।

    सम्झौमा दुवै देशबीच रक्षा सहकार्य पनि विकास गर्ने उल्लेख छ ।

    एक वरिष्ठ साउदी अधिकारीले नाम नखुलाउने शर्तमा रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार सम्झौताअन्तर्गत हरेक प्रकारको सैन्य सहयोग गरिने बताइएको छ ।

    आवश्यक परेमा पाकिस्तानको आणविक हतियारको प्रयोग पनि यसमा समावेश रहेको बताइएको छ ।

    यो सम्झौता कुनै खास देश वा घटनाविरुद्धमा गरिएको नभएर दुई देशबीचको लामो समयसम्म चल्ने सहयोगको आधिकारिक रूप भएको एक अधिकारीले रोयटर्सलाई बताए ।

    सेप्टेम्बर ९ मा इजरायलले कतारको राजधानी दोहामा हमास प्रमुख खलील अल–हय्यालाई निशाना बनाएर हमला गरेको थियो ।

    यसपछि सेप्टेम्बर १४ मा दोहामा मुस्लिम देशका धेरै नेताहरू इजरायलविरुद्ध एक विशेष बैठकका लागि भेला भएका थिए ।

    यस बैठकमा पाकिस्तानले सबै इस्लामी देशहरूलाई नेटोजस्तो संयुक्त शक्ति बनाउने सुझाव दिएको थियो । –रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images