
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले हालैको जेनजी आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिबाट पार्टीले कुनै अपनत्व नलिने बताएका छन् ।
नख्खु कारागार नजिक भएको तोडफोड र आगजनीमा रास्वपा नेताहरू संलग्न भए कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।
आचार्यले पार्टी अहिंसा र लोकतान्त्रिक मूल्यमा अडिग रहेको उल्लेख गर्दै उग्र गतिविधि गर्नेहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।
उनले युवाको न्यायप्रति एकता आवश्यक रहेको बताउँदै भदौ २३ को शान्तिपूर्ण प्रदर्शनमा भएको सरकारी दमनको प्रतिक्रिया स्वरूप अराजकता देखिए पनि त्यसलाई पार्टीले समर्थन नगर्ने प्रष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्