काठमाडौं– अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसका अनुसार प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् ।
घाइते अधिकारीलाई घटनास्थलबाट हेलिकप्टरमार्फत अस्पताल लगिएको छ ।
गोलीकाण्डका कारण नजिकका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएको छ र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
अधिकारीहरूले थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















