images
images
  • बिहान साढे ९ पछि टीकाको साइत, तर ११ः५३ बजे उत्तम

    काठमाडौं– विजया दशमी २०८२ का लागि सस्तो पसलदेखि अग्रिम टिकट बुकिङसम्मको तयारी भइरहेको छ ।

    आगामी साता सोह्र श्राद्ध सकिएर घटस्थापनासँगै दसैँ सुरु हुँदै छ ।

    यसपल्ट १६ असोजमा दशैंको मुख्य दिन अर्थात टीकाको दिन परेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको उत्तम साइत १६ असोजको बिहान ११ बजेर ५३ मिनेटलाई तोकेको छ ।

    दुर्गा पक्षको सुरुवात ६ असोजमा हुनेछ, जसलाई नवरात्रारम्भ पनि भनिन्छ ।

    त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत छ ।

    विजयादशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत छ ।

    देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ बजेको साइत दिइएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images