images
images
  • एमाले सडक आन्दोलनमा ओर्लिए प्रतिवादमा उत्रिने जेन्जी नेपालको चेतावनी

    काठमाडौं– नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले एक/दुई दिनभित्रै काठमाडौंमा १० हजार युवाको जुलुस गर्ने बताएका छन् ।

    जेन्जी आन्दोलनले क्षतिग्रस्त भएको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजित कार्यक्रममा बोल्दै बस्नेतले एमालेले पुरानै अवस्थातर्फ फर्केको पनि घोषणा गरे ।

    उनले भने, ‘भोलि वा पर्सी हामी काठमाडौंमा १० हजार युवाको जुलुस गर्नेछौं, हेर्नुस्, एमालेले के गर्छ ।’

    बस्नेतले दिएको चेतावनीविरुद्ध सशस्त्र प्रतिवाद गर्ने जेन्जी नेपालले जनाएको छ ।

    मिराज ढुंगाना नेतृत्वको जेन्जी नेपालले एमाले सडकमा शक्ति प्रदर्शनमा उत्रिए सशस्त्र प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    यदि एमाले लगायतका राजनीतिक दलले कुनै वहानामा वा आवरणमा शक्ति प्रदर्शनमा उत्रिए त्यसको प्रतिवाद गर्ने जेन्जी नेपालका प्रवक्ता गौरव पाण्डेले चेतावनी दिएका छन् ।

    उनले भने, ‘यदि कांग्रेस, एमाले, माओवादी लगायतका कुनै पनि दल सडकमा वा शक्ति प्रदर्शनमा उत्रिए जेन्जीले त्यसको प्रतिवाद गर्छ । जसका लागि हामी जेन्जी सबै एकै ठाउँमा उभिएका छौँ ।’

    जेन्जी नेपालले कुनै पनि राजनीतिक दल वा समूहले शक्ति प्रदर्शन गर्नसक्ने भन्दै आ–आफ्‌नो क्षेत्रबाट प्रतिवादमा उत्रिन अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images