images
images
  • ओली सेनाको ब्यारेकबाट मुस्किलले निस्किए, थुरथुर काप्दै भन्छन्– सरकारले सुरक्षा ग्यारेन्टी लिनुपर्छ

    काठमाडौं– नेपालमा जेन्जी आन्दोलन चर्किएपछि दुई दिनमै सत्ता परिवर्तन भयो ।

    कांग्रेस–एमालेको संयुक्त सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ, तर यसले अझ पूर्णता पाएको छैन ।

    २३ गतेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि २४ गते आन्दोलन हिंसात्मक बन्यो ।

    संसद्, सिंहदरबारदेखि नेताका निवाससम्म आक्रमण हुँदा आगजनी र तोडफोडबाट ठूलो क्षति भयो ।

    बूढानीलकण्ठस्थित निवासमै कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरुजु राणामाथि पनि भौतिक हमला भयो ।

    नेपाली सेनाले उद्धार गरेर अस्पताल पु¥याएका उनीहरू अझै उपचाररत छन् ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनाले बालुवाटारबाट उद्धार गरी ब्यारेकमा राखेको थियो ।

    हाल उनी त्यहाँबाट बाहिर निस्केर कार्यकर्ताको घरमा बसेका छन् र भोलि च्यासलस्थित पार्टी कार्यालय पुग्ने तयारीमा छन् ।

    बालकोटस्थित उनको घरमा समेत आगजनी भएको छ ।

    उनले सरकारले आफ्नो सुरक्षा ग्यारेन्टी लिनुपर्ने माग राखेका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले भने फेरि सक्रियता बढाएका छन् ।

    उनले पार्टीको जलेको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    खुमलटार र चितवनस्थित उनको निवासमा पनि आगजनी भएको थियो ।

    आन्दोलन शान्त भएपछि नेताहरू क्रमशः सार्वजनिक भूमिकामा फर्किन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images