काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थितिलाई सम्झँदै धरानमा भावुक बनेका छन् ।
प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि सफल नहुने भएपछि उनी रित्तो हात फर्किएका थिए ।
धरानमा सञ्चारकर्मीसँग कुरा गर्दै हर्कले विदेशीको सम्भावित टेकओभर र राजनीतिक नेतृत्वमा अराजकता भएको भन्दै भक्कानिए ।
उनले भने, ‘पार्टीहरू तहसनहस छन्, देशमा को शक्ति आउने हो थाहा छैन । म देश बनाउन आएको मान्छे हुँ ।’
प्रधानमन्त्री बन्न छलफल भए पनि निष्कर्ष निस्किन नसकेको उनले बताए ।
मन्त्री बन्न प्रस्ताव आएको भए पनि स्वीकार नगरेको पनि उनले सुनाए ।
उनले सरकारको वैधतामाथि प्रश्न उठाउँदै जिम्मेवारी गृह मन्त्रालय र वर्तमान सरकारले लिनुपर्ने बताए ।
गत भदौ २३–२४ को आन्दोलनपछि प्रधानमन्त्री बन्न काठमाडौं आएका हर्क, असफल भएपछि धरान फर्केर पत्रकारहरूसँग भावुक हुँदै संवाद गरेका हुन् ।


विश्व खबर 




















