images
images
  • जेन्जी आन्दोलन : २८ मृतकको पोष्टमार्टम सकियो, जलेका सात शवको पहिचान बाँकी

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २८ जनाको पोष्टमार्टम सकिएको छ ।

    त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जका फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, अस्पतालमा रहेका ४६ शवमध्ये २८ को पोष्टमार्टम सकिएको हो ।

    प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको शव विभिन्न अस्पतालबाट पोष्टमार्टमका लागि टिचिङमा पुर्‍याइउने क्रम जारी छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, अहिलेसम्म देशभर गरी ७२ जनाको निधन भएको छ ।

    देशभर तोडफोड, लुटपाट र आगजनीको क्षतिको विवरण संकलन गर्ने काम सुरु गरिएको उनले जानकारी दिए ।

    भदौ २३ र २४ गतेको हिंसात्मक आन्दोलनका कारण देशभर मानवीयसँगै ठूलो परिमाणमा जनधनको क्षति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images