काठमाडौं– पछिल्लो राजनीतिक उथलपुथलपछि काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) सार्वजनिक रूपमा देखिएनन् ।
उनी केवल सामाजिक सञ्जालमा सक्रिय देखिन्थे ।
भदौ २३ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा बालेनले फेसबुकमा समर्थन व्यक्त गर्दै उमेर हदका कारण आन्दोलनमा भाग लिन नसकेको बताएका थिए ।
उनी त्यही क्रममा आफ्नो पुरानो ¥याप गीत पनि पोस्ट गरेका थिए ।
तर, प्रदर्शन हिंसात्मक बनेर राज्यपक्षको दमनमा दर्जनौँले ज्यान गुमाए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेका बेला बालेनले ‘तँ’ शैलीमा विरोध गरेका थिए ।
भदौ २४ गतेको आन्दोलनमा सरकारी कार्यालय, नेताहरूका घरमा आगजनी, लुटपाट र तोडफोड भयो ।
जेनजी प्रदर्शनपछि शुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् ।
बालेन प्रधानमन्त्री बन्न तयार भएनन् र सामाजिक सञ्जालमार्फतै कार्कीको समर्थन जनाए ।
शपथ कार्यक्रममा पनि उनी उपस्थित भएनन् ।
मेयर बालेनले फेसबुकमा लेखे, ‘प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानले देशमा परिवर्तन ल्यायो । वीर सहिदहरूलाई श्रद्धाञ्जली, तपाईंहरूको योगदान सधैं भाबी पुस्तालाई मार्गदर्शन गर्नेछ ।’
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बालेन कार्यालयमै थिए ।
हालसम्म जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भइसकेको छ र सरकारले मृतक परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।


विश्व खबर 




















