काठमाडौं– जेन्जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले यो जानकारी दिएका हुन् ।
उनका अनुसार प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी ३ जना मारिएका छन् ।
आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनका क्रममा प्रहरीसँगको झडप र आगजनीका कारण मृत्यु भएका हुन् ।
अझै सबैको सनाखत हुन बाँकी छ ।
चाबहिल चुच्चेपाटीस्थित भाटभटेनीमा मात्र आज बिहान ६ शव फेला परेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















