images
images
  • साउन १ देखि मोवाइलको आईएमईआई दर्ता अनिवार्य, कसरी गर्ने ?

    काठमाडौं । साउन १ गतेदेखि सबै मोबाइलको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी ९आईएमईआई० दर्ता गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ । विदेशबाट नेपाल भित्रिएका सबै मोबाइलको आईएमईआई नम्बर दर्ता नगरी नचल्ने भएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने साउन १ गतेदेखि प्रयोगमा आउने नयाँ मोबाइनको आईएमईआई नम्बर दर्ता नगरी मोबाइल नचल्ने बताए ।

    लामिछानेले भने, ‘कर नतिरेका मोबाइलहरु आईएमईआई दर्ता प्रक्रियामा गएपछि करको दायरामा आउने छन् । अब विदेशबाट कसैले एउटा मात्रै मोबाइल ल्यायो भने पनि त्यसलाई दर्ता गर्नुपर्छ । अहिलेको जस्तो दर्ता विना मोबाइल चल्दैन । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर व्यवसायीहरुले नै दर्ता गरिदिन्छन । भने आफैले विदेशबाट ल्याएको वा आफ्तले विदेशबाट किनेर पठाएको मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ । मोबाइल दर्ता गर्दा अहिले कर तिरेको प्रमाणपत्र भने माग्दैन ।’

    मोबाइलको आईएमईआई दर्ता गर्दा मोबाइल हरायो वा चोरी भयो भने पनि खोज्न सजिलो र आपराधिक क्रियाकलापमा समेत कमी आउने छ ।

    दर्ता कसरी गर्ने ? 

    मोबाइलको आईएमईआई नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशनमा गएर दर्ता गर्न सकिन्छ । आईएमईआई नम्बर दर्ता गर्दा कुनै शुल्क नलाग्ने लामिछानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images