images
images
  • जेन्जी वार्तामा, तरूण दल, युवा संघ र वाइसीएल सडमा

    काठमाडौं- काठमाडौं जेनजीको प्रदर्शनपछि अझै अस्तव्यस्त बनेको छ ।

    सोमबारको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएकोमा संख्या बढेर ३४ पुगेको छ ।

    घटनापछि राजधानीभर निषेधाज्ञा जारी गरिएको छ र सडकमा सेना तैनाथ छ ।

    मंगलबार सिंहदरबार, संसद् भवनसहित धेरै सरकारी र व्यवसायिक संरचनामा आगजनी र तोडफोड भयो ।

    स्थिति नियन्त्रणबाहिर जाँदा रातिदेखि सेना परिचालन भएको हो ।

    शीर्ष नेताहरू र राष्ट्रपति सेनाको सुरक्षा घेऱाभित्र राखिएका छन् ।

    प्रधानसेनापति अशोकराज सिग्देलले जेनजीका प्रतिनिधिसँग अन्तरिम सरकारबारे छलफल थाले पनि आन्तरिक विभाजनका कारण कुनै नाम अघि बढ्न सकेको छैन ।

    यसबीच सेनाले सरकार गठनमा भूमिका खेल्न खोजेको भन्दै विरोध बढेको छ ।

    अहिले चाबहिलमा तरुण दल, कोटेश्वर-तीनकुनेमा वाईसीएल र बबरमहलमा सांसद राजन दाहालसहितको वाईसीएल समूहले प्रदर्शन गर्दै राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न र संविधानअनुसार अन्तरिम सरकार गठन सुरु गर्न माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images