बाँके- बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदी-बन्दीहरूले कारागारभित्रै आगो झोसेका छन् ।
उनीहरूले रास्वपा सभापति रवि लामिछानेलाई घर पठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कानुन सबैका लागि बराबर हुनुपर्ने उनीहरूको भनाइ छ ।
जेन्जी पुस्ताको आन्दोलनको निहुँमा नख्खु कारागारले रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार घर पठाएको छ ।
यहीँ निहुँमा नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीहरूले आफूहरू पनि घर जान पाउनुपर्ने भन्दै आगजनी र तोडफोड गरेका छन् ।
स्थिति तनावग्रस्त बनेपछि सेनाले समेत हस्तक्षेप गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















