काठमाडौं- अन्तरिम सरकार गठनको लागि छलफल सुरु हुँदैछ ।
नेपाली सेनाको मुख्यालयमा छलफल हुने भएको छ ।
जसका लागि केही बेरमै राष्ट्रपति रामचन्द्र पौडेल आइपुग्ने बताइएको छ ।
जंगी अड्डा बाहिर नाराबाजी भइरहेको छ ।
नाराबाजीमा संलग्न जेन्जीहरूले अन्तरिम सरकार प्रमुख पूर्वन्यायाधीश सुशीला कार्कीलाई बनाउन नहुने अडान राखेका छन् ।
त्यस्तै रिपोर्टिङमा भारतीय पत्रकार पनि आइपुगेका छन् ।
भारतीय पत्रकारलाई सेनाले जंगी अड्डाभित्रै पठाएको छ भने नेपालका पत्रकारलाई प्रवेश दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्






















