images
images
  • काठमाडौंका लागि उडान भरेको चिनियाँ जहाज पोखरा अवतरण भएपछि हंगामा

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली विदेश भाग्न लागेको अफवाह फैलिँदा पोखरा तनावग्रस्त बनेको छ ।

    राजधानीमा जेन्जी आन्दोलन हिंसात्मक बनेपछि असन्तुष्ट नागरिक सडकमा उत्रिएका बेला ल्हासाबाट आएको हिमालय एयरलाइन्सको उडान पोखरा डाइभर्ट भएपछि हल्ला चुलिएको हो ।

    विमानस्थलमा उत्रिएको जहाजलाई ओली चढेर विदेश जाँदैछन् भन्ने हल्ला फैलिएपछि सयौँ युवा विमानस्थल वरिपरि जम्मा भए ।

    आगजनीसम्म गर्ने तयारी भएपनि सुरक्षा निकायको संयमता र तत्कालै स्पष्टीकरणपछि ठूलो क्षति हुन पाएन ।

    भारतका केही सञ्चारमाध्यमले समेत ओली दुबई भाग्दैछन् भनेर समाचार प्रसारण गरेका थिए ।

    तर, जहाजमा रहेका ६५ जना यात्रुलाई पोखराका होटलमा राखेर पछि काठमाडौं ल्याइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images