images
images
  • सेनाले उपत्यकामा कर्फ्यू समय बढायो

    काठमाडौं- सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी कर्फ्यूको अवधि थप गरेको छ ।

    सेनाले दिएको जानकारीअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा लागू भएको निषेधाज्ञा तथा कर्फ्यू भदौ २७ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।

    यद्यपि, अत्यावश्यक सेवा सञ्चालन गर्ने सवारी साधन तथा संस्थालाई भने अनुमति दिइनेछ ।

    जनजीवन सहज बनाउन दैनिक उपभोग्य सामानको आपूर्ति व्यवस्थाका लागि २६ गते बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म बजार खुला रहने व्यवस्था गरिएको छ ।

    सेनाले यस अवधिमा अत्यावश्यक काम बाहेक ठूलो समूहमा भेला नहुन र स–साना समूहमै गतिविधि सीमित गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images