images
images
  • जेन्जी आन्दोलन : ३० जनाको मृत्यु, १००० बढी घाइते

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या न्त्रालयका अनुसार जेनजी आन्दोलनमा अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।

    मन्त्रालयका सचिव डा. विकास देवकोटाले देशभरका २९ अस्पतालबाट संकलित विवरणअनुसार ३० जनाको मृत्यु र १,०६१ जनाको उपचार भएको जानकारी दिएका हुन् ।

    सबैभन्दा बढी ६ जना निजामती कर्मचारी अस्पतालमा, ८ जना राष्ट्रिय ट्रमा सेन्टरमा, ५ जना भेरी अस्पतालमा, ३/३ जना एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा, २/२ जना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं मेडिकल कलेजमा, १ जना त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

    हाल २७४ जना अस्पतालमै भर्ना छन्, ५६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको छ भने ७१९ जना उपचारपछि घर फर्किसकेका छन् ।

    अहिलेसम्म सबैभन्दा धेरै ४३६ घाइतेको उपचार निजामती कर्मचारी अस्पतालमा भएको छ ।

    ट्रमा सेन्टरमा १६१ र एभरेष्ट अस्पतालमा १०९ जनाको उपचार गरिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images