images
images
  • रवि जेलबाट निस्केको झोकमा देशैभरका कैदीबन्दी आक्रोशित

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारले छोडेको छ ।

    सहकारी ठगी प्रकरणमा रूपन्देही जेलबाट काठमाडौं नख्खु कारागार सारिएका रवि हिजो निस्केका हुन् ।

    कारागार प्रशासनले सुरक्षाको जिम्मा लिन नसक्ने भनेपछि रास्वपाका नेता र रवि पत्नी निकिता पौडेल नख्खु पुगेर सुरक्षा जिम्मा लिएर घर पुगेका हुन् ।

    यहीँ मौकामा त्यहाँका सबै कैदीबन्दी भागेका छन् ।

    त्यस्तै देशैभरका कैदीबन्दीले रवि लामिछानेलाई छोड्न हुने आफूहरूलाई किन नछोडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    उनीहरूले कानुनी राज्यमा कानुन सबैका लागि बराबर हुनुपर्ने अडान राख्दै आक्रोश पोखेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images