काठमाडौं- विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीहरूले नाराबाजी गर्दै गेट तोडेर भाग्न खोजेपछि प्रहरीले १६ राउन्ड हवाई फायर गरेको छ ।
घटना पछि कारागार परिसरमा थप सुरक्षा तैनाथ गरिएको छ र स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
कैदीबन्दीका आफन्तहरू गेटअगाडि आएर होहल्ला गर्न थालेपछि उनीहरूलाई पनि हटाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्






















