काठमाडौं- जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत दुई प्रहरीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले एक असईसहित दुई प्रहरीको ज्यान गएको पुष्टि गर्दै अन्यबारे अझै स्पष्ट विवरण नआएको बताएका छन् ।
केही प्रहरी सम्पर्कविहीन रहेकाले थप जानकारी पर्खिनुपर्ने अवस्था रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्






















