नेपालगन्ज- बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा भएको झडपमा पाँचजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
नौवस्ता कारागार प्रमुख जालन्धर भुसालका अनुसार बालबन्दीले गेट फोरेर भाग्न खोज्दा घटना भएको हो ।
कारागारका ५८५ मध्ये १४९ र सुधारगृहका ७६ जना फरार भएका छन् ।
बालबन्दी र अन्य थुनुवालाई एउटै ठाउँमा राख्दा स्थिति बिग्रिएको उनले बताए ।
घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा पाँचजनाले ज्यान गुमाएका हुन् ।
अन्य घाइतेलाई विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















