काठमाडौं- नेपाली सेनाले लुटपाट, आगजनी र विध्वंसमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ ।
सेनाले काठमाडौंमा २३ र पोखरामा ८ गरी ३१ वटा बन्दुक बरामद गरेको जनाएको छ ।
गौशाला-चाबहिल-बौद्ध क्षेत्रमा संलग्न समूहबाट लुटिएको ३३ लाख ७० हजार रुपैयाँ फिर्ता गरिएको छ ।
आगलागी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग भएको छ ।
यस्तै, घटनामा घाइते भएका २३ प्रहरी र ३ जना सर्वसाधारणलाई सैनिक अस्पतालमा उपचार गरिएको सेनाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















