images
images
  • घरबाहिर ननिस्किँन सेनाको अपिल

    काठमाडौं- काठमाडौंमा जेनजीको आन्दोलन हिंसात्मक भएपछि सेना बुधबार बिहानैदेखि सडकमा परिचालन गरिएको छ ।

    मंगलबार राति १० बजेदेखि सुरक्षा जिम्मेवारी सेनाले सम्हालेको प्रधानसेनापति अशोकराज सिक्देलले बताएका छन् ।

    संसद् भवनदेखि सिंहदरबार, शीतल निवास र अदालतहरूमा तोडफोड–आगजनी भएपछि सेनाले नेतृत्वमा सुरक्षा कडा पारिएको छ ।

    सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images