images
images
  • चल्न थाले सामाजिक सञ्जाल

    काठमाडौं– जेन्जी आन्दोलनसँगै केही इन्टरनेट सेवाबाट फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थालेका छन् ।

    वर्ल्डलिंक, सुबिसू लगायतका प्रयोगकर्ताले फेसबुक खुलेको बताएका छन् ।

    तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने प्रतिबन्ध हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।

    इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले पनि यसबारे कुनै औपचारिक निर्देशन नआएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images