काठमाडौं– भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) ले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
स्वत:स्फुर्त भेला भएका ती युवाले राजनीतिक दल निकट भ्रातृसंस्थाहरूलाई कार्यक्रममा सहभागी हुनै नदिएको देखियो ।
उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सहभागीमध्ये कतिपय स्कुल र कलेज पोशाकमै प्रदर्शनमा देखिन्थे ।
पहिले सामाजिक सञ्जालमार्फत मात्र सीमित देखिएको सरकार र नेताविरुद्धको आक्रोशलाई जेनजीले यसपटक सडकमा उत्रिएर सार्वजनिक रूप दिएका हुन् ।
यस आन्दोलनलाई विभिन्न राजनीतिक दलका नेतादेखि जनप्रतिनिधि, कलाकार, पेशागत समूहका व्यक्ति र स्वतन्त्र युवाहरूले समेत समर्थन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















