images
images
  • रुसविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्ध लगाउँदै

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि मस्कोले अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला गरेपछि रुसप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

    यसैबीच उनको प्रशासनले रुसी अर्थतन्त्रलाई धराशायी बनाउन थप कडा प्रतिबन्धहरूको तयारी गरिरहेको अलजजिराले जनाएको छ ।

    आइतबार रुसले युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो मिसाइल र ड्रोन आक्रमण गरेपछि बोल्दै ट्रम्पले यो पूरै अवस्थासँग बिल्कुल आफू खुसी नभएको बताए ।

    उनले यो मानवताको लागि एक भयानक बर्बादी भन्दै पत्रकारहरूसँग ट्रम्पले छिट्टै समाधान हुने पनि बताए ।

    ट्रम्पको यो टिप्पणी रुसमाथि प्रतिबन्धहरू बढाउन तयार रहेको संकेत गरेको केही घण्टापछि आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images