images
images
  • जेनजी पुस्ता : सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध माइतीघरमा जुट्दै

    काठमाडौं– सन् १९९७ देखि २०१२ बीच जन्मिएका जेनजी पुस्ताका युवाहरूले सोमबार राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।

    सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र देशमा बढ्दै गएको भ्रष्टाचारविरुद्ध उनीहरूले भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्न लागेको जनाएका छन् ।

    आयोजकहरूले विद्यार्थीहरूलाई पोशाकसहित, परिचयपत्र र कम्तीमा एउटा किताब बोकेर उपस्थित हुन आग्रह गरेका छन् ।

    यसबारेमा टिकटकलगायत सामाजिक सञ्जालमा टेण्ड नै चलेको छ ।

    सरकारले नेपालमा दर्ता नगरेका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।

    सो निर्णयलाई अस्वीकार गर्दै जेनजी पुस्ताले माइतीघरमा भेला भएर विरोध जनाउने भएका हुन् ।

    आयोजकहरूले ललिता निवास जग्गा प्रकरणलगायत ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारी लगायत मुद्दा उठाउने जनाएका छन् ।

    उनीहरूको मागमा सुशासन, रोजगारी सिर्जनाको वातावरण र समान अवसर सुनिश्चितताजस्ता विषय समेटिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images