images
images
  • फरकमत दर्ता गर्दै एमाले कर्ण थापा

    काठमाडौं– नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र फरकमत दर्ता गराउने तयारी गरेका छन् ।

    थापा आज दिउँसो २ बजे केन्द्रीय कार्यालय पुगेर पार्टीका हालका निर्णयहरूप्रति आफ्नो आधिकारिक मत दर्ता गराउने तयारीमा छन् ।

    थापाले एमाले विधान संशोधन मस्यौदाबाट हटाइएका ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान पुनः छलफलका लागि उठान गर्ने तयारी गरेका छन् ।

    त्यस्तै, उनले हालै पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि गरिएको कारबाही र वाम एकता आवश्यकताबारे गहिरो अध्ययन गर्नुपर्ने विषयलाई समेत आफ्नो लिखित मतमा समेट्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images