images
images
  • संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद खतिवडालाई उम्मेदवार बनाउने तयारी

    काठमाडौं– नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति पदका लागि सांसद रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ ।

    प्रमुख सचेतक श्याम घिमिरेले शुक्रबार जानकारी दिएका छन् ।

    भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राज्यव्यवस्था तथा सुशासन समिति सभापति पदबाट राजीनामा दिएपछि पद खाली थियो ।

    सभापतिका लागि आज दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम छ ।

    यसअघि निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानसम्बन्धी विवादपछि खतिवडाले राज्यव्यवस्था समिति सभापतिको जिम्मेवारी छाडेका थिए ।

    अब न्यौपानेको ठाउँमा खतिवडालाई सुनुवाइ समितिको सभापति बनाउने तयारी गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images