काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बुधबार प्रतिनिधिसभा बैठकमा अन्य दलले रास्वपामाथि ‘डिपफेक’ भिडियोमार्फत आक्रमण गरिरहेको आरोप लगाए ।
ढकालले भने, ‘हामी ९५ दिनदेखि भिजिट भिसा विषय उठाइरहेका छौँ, तर सत्तापक्षले दुई मिनेटको प्रतिवेदनमा घण्टौँ खर्च गरिरहेको छ ।’
उनले पार्टी उपसभापति स्वर्णिम वाग्लेको फेक अडियो समेत सत्तापक्षले नै सार्वजनिक गरेको आरोप लगाए ।
सांसद ढकालले दलीयकरणले लोकतन्त्र कमजोर बनाएको र राज्यका निकाय काम गर्न नसक्ने अवस्था आएको टिप्पणी गर्दै आगामी ०८४ सादपछि आफ्नो पार्टी बलियो हुने दाबी गरे ।
उनले चेतावनी दिए, ‘त्यसबेला अहिलेका सत्तापक्ष पनि बोल्न पाउने छैनन् । देश र विदेशका नेपालीले समेत आवाज उठाउनेछन् ।’
प्रतिक्रिया दिनुहोस्























